यस्तो छ मंगलबारसम्मको मौसम पूर्वानुमान


१ फाल्गुन २०७८, आईतवार
climate 1

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । प्रदेश- १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सोमबार पनि मौसम सामान्यतया सफा रहने छ । मंगलबार भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार तराई क्षेत्रका केही स्थानमा लागिरहेको हुस्सु/कुहिरो अपराह्नपछि बिस्तारै हटेर जाने सम्भावना छ । तर चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७