पुटिन र बाइडेनबीच फोनवार्ता : युक्रेनमा आक्रमण गरे ‘निर्णायक’ जवाफ दिने बाइडेनको चेतावनी


१ फाल्गुन २०७८, आईतवार
Putin Biden1644717550

काठमाडौं । युक्रेन संकट चुलिएको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवाद गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच शनिबार करिब एक घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसका एक अधिकारीले जनाएका छन् ।

क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले वासिङ्टनले वार्ताको पहल गरेको बताए । दुई नेताबीच यसअघि २०२१ को अन्त्यतिर र त्यसअघि डिसेम्बर ७ मा भिडियो संवाद भएको थियो । २०२१ को जुनमा पहिलो पटक जेनेभामा प्रत्यक्ष भेटवार्ता गरेका थिए ।

वासिङ्टन र उसका सहयोगीहरूले रुसी फौजले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । तर, युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै पश्चिमा आरोपलाई अस्वीकार गर्दै आएको छ ।

शनिबार बाइडेनसँग फोनवार्ता गर्नुअघि पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग टेलिफोनमा कुरा गरेका थिए । फ्रान्सका राष्ट्रपति म्याक्रोनले पुटिनलाई युक्रेनमा तनाव बढ्दै गएसँगै इमानदार वार्ता असंगत रहेको बताएका थिए । पुटिनले म्याक्रोनलाई भनेको कुरामा रुसले युक्रेनविरुद्ध आक्रमणको तयारी गरेको कुनै संकेत नभएको एक फ्रान्सेली अधिकारीले बताए । यद्यपि, रुसी सैन्य मुद्रामा आफूहरू अत्यन्तै सजग र सतर्क रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७