कुन-कुन देशका नागरिकले छाड्दै छन् युक्रेन ?


१ फाल्गुन २०७८, आईतवार
ukren

काठमाडौं । पश्चिमा शक्तिहरूले रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिएपछि थुप्रै देशहरूले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् ।

अमेरिका, बेलायत, जर्मनी, बुल्गेरिया, पोर्चुगल, अष्ट्रेलिया, न्यूजिल्याण्ड, इटली, द नेदरल्याण्ड, इजरायल, जापानलगायत देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

ह्वाइट हाउसले कुनै पनि बेला आक्रमण हुन सक्ने र त्यो हवाइ बमबारीबाट सुरु हुन सक्ने चेतावनी दिएको छ । रुसले भने यस्ता आरोपहरूलाई ‘उत्तेजक परिकल्पना’ भनी टिप्प्णी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो कदमप्रति आपत्ति जनाएका छन् । आक्रमणको चेतावनीले आतंक फैलाउन सक्ने उनको भनाइ छ ।

जेलेन्स्कीले यदि पश्चिमा शक्तिहरूसँग आसन्न आक्रमणको कुनै ठोस योजना भए, त्यो आफूले देख्न बाँकी रहेको पनि बताए । उनले जोखिम छ भन्ने कुरा आफूहरूले पनि बुझेको भन्दै रुसी आक्रमणको सय प्रतिशत भरपर्दो जानकारी भए उपलब्ध गराउन पनि आग्रह गरेका छन् । बीबीसी, रोयटर्स, अल जजीराबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७