मधेस प्रदेशमा आज पहिलोपल्ट जनयुद्ध दिवश मनाइँदै : प्रचण्ड जनकपुर जाँदै

मधेस प्रदेशमा आज सार्वजनिक विदा


१ फाल्गुन २०७८, आईतवार
madhesh mukhyamantri office 9eXgnq9S0X

धनुषा । मधेस सरकारले जनयुद्ध दिवशको अवसरमा आज (आइतबार) सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेस प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।

यस अवसरमा मधेस भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । यस अवसरमा मधेस सरकारले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

आइतबार दिउँसो १ बजे देखि ५ बजेसम्म हुने औपचारिक कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालबाट समेत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मन्त्री साहले जानकारी दिए । कोरोना संक्रमणको बेला भिडभाड नहोस् भन्दै यसलाई मध्यनजर गरी टिभी र रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको बताए । घरमै बसेर सुन्न र देख्न सक्ने हुनाले सर्वसाधारणको लागि व्यवस्था गरिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७