सिमकोटमा हवाई सेवा पुनः सुरू


१ फाल्गुन २०७८, आईतवार
Simkot airport Humla

हुम्ला । हावाहुरीका कारण अवरूद्ध हुम्लाको हवाई सेवा पुनः सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरूद्ध हवाई सेवा शनिबारदेखि नियमित भएको जनाएको छ ।

हावाहुरीले एक दिन उडान अवरूद्ध भएको थियो । हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटी समेत ढुवानी भएको छ ।

हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एयरको जहाज फिर्ता भएको थियो । त्यस्तै तारा र समिट एयरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७