बारले फेरि आजदेखि सर्वोच्च अदालतमा प्रदर्शन गर्ने


१ फाल्गुन २०७८, आईतवार
nepal bar rpO1Qp9Nqi
फाइल फोटो

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले आज (आइतबार) देखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निणर्य गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि बारले पुसको अन्तिम सातादेखि २५ जनाको उपस्थितिमा मात्रै सांकेतिक प्रदर्शन गर्दै आएको थियो ।

कोरोना संक्रमणको कारण सर्वोच्च अदालतले सेवा कटौती गरेपछि बारले पनि भौतिक उपस्थितिको साटो हरेक दिन ११ बजेदेखि १२ बजेसम्म भर्चुअल रुपमा विरोध प्रदर्शन गरिरहेको थियो । सर्वोच्च अदालतले सबै सेवा खुलाएको दिनदेखि नै बारले पनि भर्चुअलको सट्टा भौतिक उपस्थितिमै प्रदर्शन शुरु गर्ने निणर्य गरेको हो ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै शुरु गरेको आन्दोलन १०५ दिन पुगिसकेको छ । बारले इजलास बहिस्कारदेखि प्रशासनिक काम कारबाहीमा समेत प्रधानन्यायाधीश जबराको संलग्नताको विरोध गर्दै आएको छ ।

Nepal Bar 1495x2048 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७