एमाले उपाध्यक्ष रामबहादुर थापाले दिए जनयुद्ध दिवसको शुभकामना


१ फाल्गुन २०७८, आईतवार
Ram Bahadur Thapa राम बहादुर थापाalso known as Badal He is the current Home Minister of Nepal He is a leader of Nepal Communist Party

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध दिवसको शुभकामना दिएका छन् । फेसबुकमार्फत २७ औं जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिंदै उपाध्यक्ष थापाले जनयुद्धको क्रममा देश र जनताको मुक्तिको लागि प्राण आहुति गर्ने शहीदहरूलाई स्मरण गरेका छन् ।

‘महान शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ उनले लेखेका छन्, ‘बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’ साथै उपाध्यक्ष थापाले शहीद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गरेको बताएका छन् ।

Capture 9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७