करेन्ट लागेर मजदुरको मृत्यु


१ फाल्गुन २०७८, आईतवार
current

सर्लाही । सर्लाहीको बागमती नगरपालिका- २ मा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । बागमती-२ धरहरामा करेन्ट लाग्दा बागमती नगरपालिका- ८ शंकरपुरका २५ वर्षीय रामु महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको छत ढलानको लागि फलामे डन्डी मिलाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७