प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे एमालेलाई जानकारी छैन : नेम्वाङ


१ फाल्गुन २०७८, आईतवार
subash nembang scaled

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे कुनै जानकारी नभएको बताएका छन् ।

पार्टी उपाध्यक्ष समेत रहेका नेम्वाङले महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको बताए । ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम गर्छ । भयो (महाअभियोग दर्ता भयो) भन्ने भर्खर थाहा पायौं’, नेम्वाङले भने ।

महाअभियोगबारे निणर्य लिन पार्टीमा छलफलको तयारी भएको उनले बताए । ‘छलफल गर्छौं । सांसदहरु प्रदेशहरूको कार्यक्रममा छन् । सबैलाई खबर गरिसकेका छौं’, नेम्वाङले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७