न्यायालयको डेडलक हटाउन बाध्य भएर महाअभियोग लगाउनु पर्‍यो : देव गुरुङ


१ फाल्गुन २०७८, आईतवार
devprasad gurung

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङले न्यायापालिका निरन्तर डेडलक भएपछि बाध्य भएर प्रधानन्यायधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएको बताएका छन् ।

उनले बाध्यात्मक परिस्थिति आएपछि महाभियोग दर्ता गराइएको बताए । ‘न्यायापालिका निरन्तर डेडलक भएको अवस्था छ, यस्तोमा जनताका प्रतिनिधि सांसदहरूले सधैँ टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन,’ उनले भने, ‘हामीले अहिलेसम्म पर्खिएकै थियौँ । त्यहीँबाट समस्या समाधान होस् भन्नेमा हामी आशावादी थियौँ । तर, प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्ने अवसर छ, दिनुपर्छ भनेर हामीले यो समय पर्खिएको अवस्थामा पनि उहाँले मार्गप्रशस्त नगरेपछि बाध्य भएर महाअभियोग दर्ता गरेका हौँ ।’

न्यायालय ठप्प हुँदा त्यसले संविधानमाथि जोखिम बढाएको उनले टिप्पणी गरे । ‘अहिले हामीले ९८ सांसदको समर्थनमा यो प्रस्ताव गरेका छौँ । लामो समय न्यायापालिका ठप्प हुनु भनेको संविधानमाथिको आक्रमण हो । मलाई विश्वास छ, यो विषयमा सबै सांसदज्यूहरूले समर्थन जनाउनुहुन्छ र महाभियोग प्रस्ताव पास हुनेछ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७