फेरि प्रतिनिधिसभा बैठक स्थगित


१ फाल्गुन २०७८, आईतवार
Samsadma PM1626611237

काठमाडौं । प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक फेरि स्थगित भएको छ । संसद सचिवालयले बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सूचना आइतवार प्रकाशित गरेको हो ।

संसद सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको थियो । तर विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी संसद सचिवालयले दिएको हो ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नि सापकोटाले गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७