दीपक कार्की कामु प्रधानन्यायाधीश


१ फाल्गुन २०७८, आईतवार
dipak karki

काठमाडौं । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।

कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्न पाउने छन् । सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठत न्यायाधीश कार्की स्वतः कार्यबहाक प्रधानन्यायाधीशको रुपमा कायम हुनेछन् ।
संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७