माधव नेपालको चेतावनी : नेकपा (एस) को वैधानिकतामा प्रश्न उठाए सैह्य हुँदैन


१ फाल्गुन २०७८, आईतवार
madhav kumar

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (एस) को वैधानिकता विषयको विचराधीन मुद्दामा पेसी तोकिएपछि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन भइरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो ।

उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबी समेत गरे । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीनवटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।

उनले भने ,‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं । र, सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउने खोज्छ भने हामी सहन गर्दैनौं । त्यसो हुनाले हामी अघि बढेका छौं । स्थानीय तहको चुनाव वैशाख ३० गते तोकिसकिएको छ । अब हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो । सबै तहको निर्वाचनमा पााच दलीय गठबन्धन मिलेर जानेछ ।’

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए । उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको समेत स्पष्ट परे । अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यकता रहेको दोहोर्‍याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७