महाभियोग दर्ताको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए प्रधानन्यायाधीश राणा


१ फाल्गुन २०७८, आईतवार
cholendra

काठमाडौं । आफूविरुद्धको महाभियोग प्रस्ताव संसदमा दर्ता भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निवास फर्किएका छन् ।

संसद सचिवालयले आइतबार दर्ता भएको पत्र सर्वोच्च अदालतमा पनि पठाएको हो । पत्र पुगेको केही बेरमै प्रधानन्यायाधीश राणाले सर्वोच्च छाडेका हुन् । महाभियोग दर्तासँगै उनी स्वतः निलम्बित हुने भएकाले अब यसको छिनोफानो नभएसम्म सर्वोच्च फर्किने छैनन् ।
महाभियोग पारित गर्न २ तिहाइ सांसद चाहिन्छ । महाभियोग दर्ता गरेका दलसँग त्यो पनि छैन । तर महाभियोगको टुंगो लाग्न समय लाग्ने भएकाले राणा लामो समय भूमिकाविहीन हुनेछन् ।

यस्तै महाभियोगविरुद्ध सर्वोच्च अदालतमै पनि रिट दायर हुन सक्नेछ । यसअघि सुशीला कार्कीमाथि पनि महाभियोग लगाइएको थियो । त्यसविरुद्ध रिट परेपछि सर्वोच्चले नै महाभियोग खारेज गरिदिएको थियो । प्रधानन्यायाधीश राणा निलम्बनमा परेसँगै वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश भएका छन् ।

यस्तै संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग दर्ता भएको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद् र न्याय परिषद्मा पनि पठाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७