पाँच किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


१ फाल्गुन २०७८, आईतवार
140 Shares
Airport

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो सुनसहित आइतबार एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार दुबईबाट हिमालय एयरलाइन्समार्फत् आएका चिनियाँ नागरिकलाई चार किलो ८४० ग्राम सुनसहित पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको एसएसपी ढकालले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रहरीका अनुसार राहदानी नम्बर इ जे २४८३१ वाहक झाङ ली नाम गरेका ३६ वर्षीय पुरुष हुन् । उनीबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनी सुन लिएर बाहिरिने क्रममा आगमन कक्षको गेट नजिकैबाट पक्राउ परेका हुन् ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७