कमल थापाले राप्रपा नेपाल ब्युँताए, फागुन ७ गते घोषणसभा


१ फाल्गुन २०७८, आईतवार
Kamal Thapa 4

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले राप्रपा नेपाल व्यूँताउने भएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै यही फागुन ७ गते काठमाडौंमा राप्रपा नेपालको घोषणासभा हुने जानकारी दिएका छन् । हिन्दुराष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल एजेण्डा रहने उनको भनाइ छ ।

‘राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुनेछ । जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरू, प्राथमिकताहरू र कार्यनीतिमा हामी समयानुकूल परिमार्जन गर्नेछौँ’, विज्ञप्तिमा भनिएको छ । आफ्नो पार्टी आसन्न स्थानीय तहको निर्वाचनमा सक्रियताका साथ सहभागी हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

r

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७