एमालेले गठबन्धन भत्काउन लागिपरिरहेको छ : झलनाथ खनाल


१ फाल्गुन २०७८, आईतवार
jhalanath khanal

इलाम । नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जसरी पनि सत्ता गठबन्धन भत्काउन लागि परिरहेको आरोप लगाएका छन् ।

आइतबार इलाम जिल्ला कमिटीको भेलामा उनले एमाले अराजकता सिर्जना गर्न लागिपरेको आरोप पनि लगाए । ‘अपोजिसन पार्टी कुनै पनि बेलामा गठबन्धन भत्कियोस्, त्यसलाई ध्वस्त गर्न सकियोस्, या त आफ्नो वर्चस्व अलिकति बनाउन सकिन्छ, त्यसबाट अराजकता सिर्जना गर्न सकिन्छ, संवैधानिक रिक्तता सिर्जना गर्न सकिन्छ भन्नेमा छ’, उनले भने, ‘जसरी पनि (गठबन्धन) भत्काउनु पर्छ भनेर रोल खेलिरहेको छ ।’ गठबन्धन तीनै तहका निर्वाचनसम्म कायम राख्नुपर्छ भन्ने आफूहरूको धारणा रहेको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७