सानेपाम कांग्रेस कार्य सम्पादन समितिको बैठक जारी


१ फाल्गुन २०७८, आईतवार
congress meet

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी रहेको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो । यसअघि गएको शुक्रबार पनि कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो । आजको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको थियो । शुक्रबार निणर्य नगरी बैठक स्थगित भएपछि आज पुनः बैठक बसेको हो । कांग्रेसमा नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतका संस्थाले लामो समयदेखि अधिवेशन गर्न सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७