उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश : बतासको होटल सञ्चालनमा अवरोध नगर्नू


१ फाल्गुन २०७८, आईतवार
AnandaRajBatas

काठमाडौं । उच्च अदालत पाटनले पुशपति धर्मशालामा बतास समूहले होटल आनन्द प्रालिको होटल सञ्चालनमा अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नरिश्वर भण्डारीको एकल इजालासले करार सम्झौता बमोजिम होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले पशुपति क्षेत्र विकास कोष र होटल आनन्द दुवै पक्षलाई फागुन ९ गते छलफलका लागि उपस्थित हुन भनेको छ । संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले करार सम्झौता विपरीत धर्मशालामा होटलका संरचना निर्माण गरेको भन्दै बन्द गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७