महाभियोग ठीक बाटो होइन : कमल थापा


१ फाल्गुन २०७८, आईतवार
Kamal Thapa 4

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ठीक बाटो नभएको बताएका छन् । उनले न्यायालयमा लामो समयदेखि कायम रहेको अराजकता अन्त्य आवश्यक रहे पनि महाभियोग ठीक बाटो नभएको बताएका हुन् ।

‘न्यायालयमा लामो समयदेखि कायम अराजकताको अन्त्य आवश्यक थियो। तर, महाभियोग ठीक बाटो होइन । विगतमा पनि कंग्रेस र माओवादी मिलेर तत्कालीन प्रन्या सुशीला कार्कीविरुद्ध महाभियोग लगाउँदा नैतिकताका आधारमा हामी सरकारबाट अलग भएका थियौं । यस्ता कार्यले न्यायपालिकाको स्वतन्त्र अस्तित्वमा आघात पुग्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुको संयुक्त हस्ताक्षरसहित आज महाधियोग प्रस्ताव दर्ता गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७