आज साँझ एमाले सचिवालय बैठक बस्दै, भोलि संसदीय दलको


१ फाल्गुन २०७८, आईतवार
uml sachibalaya baithak

काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोगबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले नेता विष्णु रिजालका अनुसार आज बेलुकी ६ बजे बैठक बोलाइएको हो । यसअघि एमालेले भोलि (सोमबार) ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

‘पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न हाम्रो पार्टी नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे अध्यक्षको निवास बाल्कोटमा र संसदीय दलको बैठक भोलि ११ बजे, संसद् भवन, नयाँ बानेश्वरमा बस्ने तय भएको छ,’ रिजालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७