एमसीसीबारे राष्ट्रिय सहमति गरेर निर्णयको विन्दूमा पुग्नु पर्छ : उपसभापति गुरुङ


१ फाल्गुन २०७८, आईतवार
dhanraj

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई राष्ट्रिय सहमति गराएर निणर्यको विन्दुमा पुग्नुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ को पार्टी कार्यालय उद्घाटन गर्दै गुरुङले एमसीसीको विषयलाई राष्ट्रिय सहमति गराएर पारित गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुपर्ने बताए ।

गुरुङले एमसीसी फिर्ता पठाएको मुलुक श्रीलंका र यसलाई लागू गरेको मुलुक मंगोलियको बारेमा अध्ययन गरी नेपालका लागि जुन फाइदा हुन्छ त्यही बाटो अँगाल्नु पर्नेमा जोड दिए । ‘एमसीसीको बारेमा कुनै एक विशेष दलले मात्र बोलेर हुँदैन । यसमा सबै राजनीतिक दलहरुको उत्तिकै दायित्व छ,’ नेता गुरुङले भने, ‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका पालादेखि यसको अध्याय शुरु भएको छ । विभिन्न कालखण्डमा सवै राजनीतिक दलको नेतृत्वको सरकारले यसको बारेमा विभिन्न काम गरेको छ । यसका बारेमा सबै जवाफदेही हुन जुरुरी छ ।’

गुरुङले पार्टीभित्रको निर्वाचनमा हिजो जे भए पनि आगामी स्थानीय तहको निर्वाचनमा एक भएर लाग्नका लागि कार्यकर्तालाई आग्रह गरे । उनले नेपाली कांग्रेसले आउँदा निर्वाचनमा घात-प्रतिघात गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७