देउवा र लोकतन्त्र सँगै हिंड्न गाह्रो छ भन्ने प्रष्ट : गोकुल बाँस्कोटा

‘अब वक्ररेखे राजनीतिमा कडा ब्रेक हानिदिनु पर्छ’


१ फाल्गुन २०७८, आईतवार
Gokul Baskota 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतन्त्र सँगै हिंड्न गाह्रो छ भन्ने कुरा प्रष्ट भएको टिप्पणी गरेका छन् ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता बाँस्कोटाले प्रधानमन्त्री देउवाको आलोचना गरेका हुन् ।
सत्ता गठबन्धनको रणनीतिलाई ‘वक्रे रेखे राजनीति’ को संज्ञा दिँदै पूर्वमन्त्री बाँस्कोटाले त्यसमा अब कडा ‘ब्रेक’ हानिने चेतावनी दिएका छन् ।

‘देउवा र डेमोक्रेसी सँगै हिंड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका रहेन । स्वयमसिद्ध तथ्य नै साबित भयो’, आइतबार अपराह्न उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पहिले दरबारसँग, अहिले परमादेशी कोटरीसँग मिलेर । जे होस्, छलाङमय दिनको छनोट निकै राम्रो ।’
बाँस्कोटाले अगाडि भनेका छन्, ‘अब वक्र रेखे राजनीतिमाथि कडा ब्रेक हानिदिनु पर्छ । राजनीतिमा सरल रेखा पनि हुन्छ भन्ने पुष्टि गर्न ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७