प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्तावमा जनमोर्चाले पनि गर्‍यो समर्थन


१ फाल्गुन २०७८, आईतवार
durga Poudel

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको सत्ता गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनर्मोचा (राजमो) ले पनि समर्थन गरेको छ ।

राजमोकी उपाध्यक्ष तथा सांसद् दुर्गा पौडेलले प्रस्ताव दर्ता हुने बेलामा पार्टीसँग छलफल नभएका कारण हस्ताक्षर गर्न नपाएको तर अब आफूले मतदान गर्ने जानकारी दिएकी छन् ।

‘अहिले त्यस प्रकारको सहमति जुटेर महाअभियोगको दर्ता भएको छ । संसदमा दर्ता भएको त्यो महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसदमा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महाअभियोग प्रस्तावमा राजमोले हस्ताक्षर गरेको थिएन । गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले मात्रै प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७