एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई कारबाही गर्न महेश बस्नेतको माग


१ फाल्गुन २०७८, आईतवार
Mahesh Basnet VS Khagraj adhikari

काठमाडौं : नेकपा (एमाले) का नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । युवा संघभित्र हस्तक्षेप गरेको भन्दै नेता बस्नेतले नेता अधिकारीलाई विभाग प्रमुखको जिम्मेवारीबाट हटाउन माग गरेका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् पार्टीको सचिवालय बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाएको भन्दै बस्नेतले अधिकारीलाई हटाउन माग गरेका हुन् ।

बस्नेतले अधिकारीलाई संगठन विभाग चलाउन अयोग्यको आरोप लगाउँदै जिम्मेवारीबाट हटाउनुपर्ने माग गरेका हुन् । उनले भनेका छन्, ‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईँ संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन् । तसर्थ खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।’

नेता बस्नेतले लेखेका छन्, ‘पार्टीको सचिवालयको बैठकले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो रु युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो रु संगठनको इन्चार्ज, अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो रु एमाले विरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?

नेता बस्नेतको स्टाटस जस्ताको तस्तै
क.खगराज अधिकारी
१) पार्टीको जन बर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा ९एमाले० लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडी बढ्ने गर्दछन् ।
२) पार्टीको सचिवालयको बैंठकले जन संगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सो संग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?
३) युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?
४) संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?
५) एमाले बिरुद्ध चौतर्फी आक्रमण भैरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथी अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?
६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन् ।
७) तसर्थ क।खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७