प्रधानन्यायाधीशविरुद्ध महाभियोगले तरङ्ग : आज सर्वदलीय बैठक बस्दै


२ फाल्गुन २०७८, सोमबार
sarbadaliya baithak saun 13 KCvNV4TfwL

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरूले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।
सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाभियोगका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ हुन् ।

यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद छन् । यता सोमबार बोलाइएको प्रतिनिधि सभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७