दिनभर चल्ला बेच्ने, राति डकैती


२ फाल्गुन २०७८, सोमबार
lutpat pphWt3h71Z
सांकेतिक तस्वीर

बर्दिया । भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिंड्थे ।

चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् । चल्ला बेच्ने निहुँमा घर, धन सम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ ।

बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहितको ठूलो धन सम्पत्ति लुटेका मनिहारसहित दुई जनालाई बाँकेको जानकी गाउपालिकामा लुटदै् गर्दा गाउँलेले समातेर प्रहरीलाई बझाएपछि भारतीय डाँकाको पर्दाफास भएको हो ।

मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका-८ शीतलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो । माघ १७ गते बाँकेको खजुरा गाउँपालिका-४ डिगाउका हरिप्रकाश विकका घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो । माघ २९ गते जानकी गाउँपालिका-५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रूपैडिहाका निजामुद्दिन कवडिया पक्राउ परेका छन् । नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७