प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग : बाबुराम भट्टराईको समर्थन


२ फाल्गुन २०७८, सोमबार
baburam bhattarai

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्तालाई समर्थन गरेका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका हुन् ।

यसलाई डा. भट्टराईले ‘ढिलै भए पनि सर्वोच्च अदालतको गतिरोध फुक्नु सकारात्मक’ भनेका हुन् । तर न्यायपालिका, व्यवस्थापिका, संवैधानिक अंगहरू दलीय/निजी स्वार्थको लात्ती-भकुण्डो बन्नु र सत्ताका खेलाडीहरूको अपारदर्शी हर्कत देशको राजनीतिमा हावी हुनु शोभनीय नहुने टिप्पणी पनि उनले गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका उनले अगाडि भनेका छन्, ‘सत्ताका सबै अंगहरूको अग्रगामी पुनर्संरचना नभएसम्म देश बन्दैन है !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७