हिउँ खेल्न गएका दुई किशोरको शव ११ दिनपछि भेटियो


२ फाल्गुन २०७८, सोमबार
hiu hiu AzwFMcx2YK 1

गोरखा । ११ दिनदेखि बेपत्ता गोरखाका दुई किशोरको शव भेटिएको छ । हिउँ खेल्न भनेर गएका बारपाकका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव फेला परेको हो ।

स्थानीयबासी र प्रहरीको टोलीले आइतबार बारपाकको भुनेखर्क भन्ने ठाउँमा उनीहरुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीहरु गएको माघ २० गते हिउँ खेल्न भन्दै घरबाट निस्किएका थिए । बेपत्ता भएदेखि नै आफन्तले उनीहरुको खोजी सुरु गरेका थिए ।

पैदल बाटोबाट करिब एक सय फिट तल अप्ठ्यारो ठाउँमा खसेको अवस्थामा उनीहरुको शव फेला परेको हो । हिउँले पुरिएको शव हिउँ पग्लिँदै गएपछि देखिएको प्रहरीले जनाएको छ । सँगै हिउँ हेल्ने क्रममा चिप्लिएर लड्दा उनीहरुको मृत्यु भएको अनुमान स्थानीयले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७