डे जोङको गोलले हारबाट बच्यो बार्सिलोना


२ फाल्गुन २०७८, सोमबार
barcelona espanyol jo6chf4H7I

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना र स्पानोलले २-२ गोलको बराबरी खेलेका छन् ।
खेलको दोस्रो मिनेटमा नै गोन्जालेज लोपेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । तर, ४० र ६४ औं मिनेटमा गोल गर्दै स्पानोलले खेल २-१ को अवस्थामा पुर्‍याएको थियो । खेलको इन्ज्युरी समयमा बार्सिलोनाका लुक डे जोङले बराबरी गोल फर्काए ।

आइतबार भएको खेलको इन्ज्युरी समय तनावपूणर् बन्न पुगेको थियो । स्पानोलका २ र बार्सिलोनाका १ खेलाडीले रातो कार्ड पाए । यससँगै बार्सिलोना २३ खेलबाट ३९ अंकका साथमा लिगको चौथो स्थानमा उक्लिएको छ । लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २४ खेलबाट ५४ अंक हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७