बेइजिङमा भारी हिमपात र वर्षा, शीतकालीन ओलम्पिकका पाहुना प्रभावित


२ फाल्गुन २०७८, सोमबार
Beijing olympics snow w7SVdBEIm2

काठमाडौं । चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेको समयमा हिमपात र वर्षा भएको छ । हिमपातका कारण केही ठाउँमा गाडी चल्न सकेका छैनन् भने बाक्लो हिउँ जम्दा जनजीवन प्रभावित भएको छ ।

भारी हिमपात भएपछि शीतकालीन ओलम्पिकका केही खेल समेत स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकका लागि पुगेका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरमा जमेका हिउँ सफा गर्ने काम सुरु गरिएको छ ।

हिमपातले ओलम्पिकमा सहभागी हुन पुगेका खेलाडी र पाहुना प्रभावित भएका छन् । त्यहाँको मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङसहित शान्सी, हेबइ, तियान्जिन, शिजियाङलगायत क्षेत्रमा भारी हिमपात भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७