टर्कीमा कोरोनाका बिरामीले आफन्त भेट्न गुहारे सरकार


२ फाल्गुन २०७८, सोमबार
1 a covid infected petitioned to hug his grand child1644805830

काठमाडौं । एक जना तुर्केली पुरुषको लगातार ७८ पटकसम्म कोभिड-१९ परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । ल्युकेमियाबाट पनि पीडित मुज्जाफेर कायासान सन् २०२० को डिसेम्बरदेखि आइसोलेसनमा बस्दै आएका छन् ।

उनले आफ्ना आफन्तहरूलाई अंकमाल गर्न नपाएको १४ महिना भइसक्यो । तुर्केली सरकारी समाचार निकाय एनादोलुका अनुसार ५६ वर्षीय कायासानमा पहिलो पटक २०२० को डिसेम्बर १९ मा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । त्यसयता मात्र ७८ पटक उनी पोजिटिभ देखिएका छन् ।

नौ महिना अस्पतालमा रहेका उनी पाँच महिना इस्तानबुलस्थित आफ्नै घरमा आइसोलसनमा बसिसकेका छन् । द नेसनल अखबारका अनुसार उनले आफ्ना नाति-नातिनाहरूलाई झ्यालबाट मात्र चियाएर हेर्न पाउँछन् । उनले आफ्नो परिवारलाई प्रत्यक्ष भेट्ने आफ्नो ठूलो लालसा रहेको बताएका छन् ।

आइसोलसनकक्षबाट उनल भनेका छन्, ‘मलाई यहाँ कुनै समस्या छैन । तर, आफ्ना प्रिय व्यक्तिहरूलाई छुन नपाउँदा भने निकै दुःख लागेको छ ।’ अब उनले आफूलाई सरकारले कोभिड-१९ को नियमहरूबाट छुट दिएर परिवार भेट्न दिइने आशामा सरकारसँग अदालतमार्फत नै आफ्नो अनौठो परिवेशका लागि कुनै समाधान निकालिदिन याचना गर्दैछन् ।

टर्कीमा कोरोनाभाइरस बिरामीहरूलाई टेस्ट नेगेटिभ भएको स्थितिमा मात्र एक सातापछि सेल्फ-आइसोलेसबाट निस्कने अनुमित दिइने गरिएको छ । चिकित्सकहरूले उनले कोभिड-१९ बाट मुक्ति पाउन संघर्ष गरिरहेको तर ल्युकेमियाका कारण उनको रोग प्रतिरोधात्मक क्षमता नाजुक भएको बताएका छन् । बिजिनेस इन्साइडरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७