प्राचीन इजिप्टमा चकचके विद्यार्थीलाई यसरी दिइन्थ्यो सजाय


२ फाल्गुन २०७८, सोमबार
2 student punished to wrtite1644805682

काठमाडौं । इजिप्टमा प्राचीनकालमा अर्थात् करिब दुई हजार वर्षअघि चकचके विद्यार्थीहरूलाई सजाय स्वरूप हरफहरू लेख्न लगाइने गरेको प्रमाण फेलापरेको छ । पुरातत्वविद्हरूको अनुसन्धान र उत्खननबाट भेटिएका भाँडाकुँडाका टुक्राहरूबाट यो रोचक तथ्य प्रमाणित भएको हो ।
उनीहरूले प्राचीन इजिप्टमा यसरी लेख्नका लागि प्रयोग गरिने गरिएका भाँडाका १८ हजार टुक्रा फेला पारेका छन् ।

ती टुक्रामा विद्यार्थीहरूलाई सजाय स्वरूप बजारमा किनमेलका वस्तुहरूका सूची, रसिद भुक्तानी र अन्य चिजहरू लेख्न लगाइएको पाइएको छ । ती भाँडाको टुक्रामार्फत त्यति बेलाको जीवन शैलीका थुप्रै कुरा पनि बुझ्न सकिएको पुरातत्वविद्हरूको भनाइ छ । जर्मनीस्थित युनिभर्सिटी अफ टुविन्जेनका अनुसन्धानकर्ताहरूले यस्ता भाँडाका टुक्रालाई ‘ओस्ट्राका’ भनिने गरेको र विद्यार्थीहरूलाई पाठ्यपुस्तकका सामग्रीहरू पनि यसमा लेख्न लगाइने गरिएको जनाएका छन् ।

एउटा प्राचीन विद्यालयमा भेटिएका यस्ता टुक्राको अगाडि र पछाडि एउटै संकेत खोपिएको देखिन्छ । ल्क्ज्वोरदेखि करिब २०० किलोमिटर टाढाको एथ्रिविसस्थित प्राचीन बसोबास थलोमा गरिएको उत्खननबाट यो तथ्य फेला परेको हो । जर्मन अनुसन्धानकर्ताहरूलाई यस कार्यमा इजिप्टको पर्यटन तथा पुरातत्व मन्त्रालयले आवश्यक सहयोग प्रदान गरेको थियो । बिजिनेस इन्साइडरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७