आज आयरल्याण्डसँग खेल्दै नेपाल


२ फाल्गुन २०७८, सोमबार
Nepal cricket team OsoSS4nNXa 1

काठमाडौं । ओमानमा जारी चार देशीय टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत आज (सोमबार) नेपालले आयरल्याण्डको सामना गर्दैछ ।
टी-२० विश्वकप छनोटको तयारीको रुपमा यो श्रृंखला भइरहेको हो । नेपालले आज श्रृंखलाको अन्तिम खेल खेल्न लागेको हो ।

पहिलो खेलमा ओमानलाई हराएको नेपाल दोस्रो खेलमा यूएईसँग भने पराजित हुन पुगेको थियो । त्यस्तै आयरल्याण्डले पनि ओमानमाथि जित हात पार्दा यूएईसँग नै पराजित भएको थियो । आयरल्याण्डसँग सोमबार हुन लागेको खेल नेपाली समयअनुसार पौने ४ बजे शुरु हुनेछ । नेपाललले अन्तिम पटक सन् २०१९ मा आयरल्याण्डसँग खेलेको थियो । उक्त खेलमा आयरल्याण्ड विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७