मन्त्रिपरिषद विस्तारप्रति आयोग ‘नरम’


२९ आश्विन २०७४, आईतवार
ayodi prasad yadav मिडिया सेन्टर

काठमाडौं : यसअघिको मन्त्रिपरिषद् विस्तारप्रति कडा टिप्पणी गर्दै निर्णय नै सच्याउन विज्ञप्ति निकालेको निर्वाचन आयोग यसपटकको मन्त्रिपरिषद् विस्तारप्रति भने नरम देखिएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार आफ्नो मन्त्रिपरिषदमा राप्रपाका ४ मन्त्री र ४ राज्यमन्त्री थपेका छन् । तर, आयोगले कुनै कडा टिप्पणी वा असन्तुष्टि व्यक्त गरेको छैन ।ayodi prasad yadav मिडिया सेन्टर

यसअघि गरिएको मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता आकर्षित हुने भन्दै त्यसो नगर्न विज्ञप्ति निकालेको थियो । तर, आयोगले शनिबार निकालेको विज्ञप्तिमा सरकार हेरफेर वा मन्त्रिमण्डलमा थपघटलगायत कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरले प्रभावित गर्न नहुने मात्रै उल्लेख गरेको छ ।

आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगराई तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय निर्वाचन गराउने वातावरण बनाउन राजनीतिक दल र सरकारलाई आग्रह मात्र गरेको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत शनिबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र अन्य आयुक्तसँग परामर्श गरेकी थिइन् । आयोगको परामर्शपछि राष्ट्रपतिले मन्त्रीहरूको शपथ गराउने समय दिएकी हुन् ।

 –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७