सर्वोच्चका चार न्यायाधीशविरुद्ध महाभियोग लगाउने एमालेकाे तयारी


२ फाल्गुन २०७८, सोमबार
CPN UML Meeting

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक अहिले केहीबेरपछि बस्ने भएको छ । एमालेले अहिले ११ बजे संसदीय दलको बैठक बोलाएको छ । यसअघि बसेको एमाले सचिवालय बैठकले काउन्टर प्रस्ताव ल्याउने तयारी गरेको एक नेताले जानकारी दिए ।

एमालेले संसद पुनःस्थापना गर्ने चार न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाभियोग प्रस्ताव ल्याउन सक्ने एक नेताले जानकारी दिए । तर अर्का एक सांसदले भने मुद्दा हराइएकै आधारमा महाभियोग प्रस्ताव ल्याउँदा एमालेलाई नै घाटा पुग्ने हुँदा यस बाटोमा जान नहुनेमा आफ्नो मत हुने बताएका छन् ।

sc1644811881 1

एमालेले सभामुख अग्नि सापकोटालाई पनि राजीनामा दिन या १४ सांसदलाई संसद प्रवेशमा रोक लगाउन भन्दै चेतावनी दिएको छ । एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्तावको ‘गम्भीर रुपमा प्रतिवाद’ गर्ने निणर्य सचिवालय बैठकबाटै गरेको छ ।

महासचिव शंकर पोखरेलले दिएको जानकारीअनुसार यो कदम अदालतमाथिको प्रहार मात्रै होइन सिंगो लोकतन्त्रमाथिको प्रहार पनि हो । यसअघि प्रधानन्यायाधीश राणाविरुद्ध सत्तापक्षका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७