आधुनिक शैलीमा रमाइलो गर्न सिकाउँदै नर्डिक मुलुकहरु


२ फाल्गुन २०७८, सोमबार
how nordic countries are teaching us to play1644810107

काठमाडौं । बालबालिकाले मन पराउने मानसिकताले निर्माण गरिएका स्कान्डेभियन प्लेग्राउन्ड अर्थात खेल्ने मैदानलाई पूरै दुनियाँले लोभलाग्दो नजरले हेर्ने गरेका छन् । किनकी ती मैदान बालबालिकालाई मध्य नजर राखेर बनाइएको भए पनि पछिल्लो समय सबै उमेरकाले मज्जा लिन पाउने संरचनाहरुमा नर्वे, स्वीडेन लगायत स्क्यान्डेभियन राष्ट्रहरुले जोड दिइरहेका छन् ।

यो सबैको सुरुवात डेनिस आर्किटेक कार्ल थिओडोरले गरेका हुन् जसले शहरमा हुर्किने बच्चाहरुले पनि गाउँका केटाकेटी जत्तिकै बाहिरी वातावरणमा रमाउन पाउन् भन्ने उद्देश्यले संरचनाहरु निर्माण गरेका थिए । उनको सो डिजाइनले १९३० को दशकमा सबैलाई प्रेरित गरेको थियो ।

त्यसपछि सबैतिर प्रचलित हुन पुगेको आकर्षक खेल मैदानको ट्रेन्ड स्वीडेन पनि पुग्यो । तर आश्चर्यजनक त्यहाँ केबल बच्चाहरुको मानसिकतालाई मात्र ध्यानमा नराखेर सबै पीढी अनि जस्तो सुकै सामाजिक आर्थिक स्तर भएकाले पनि पहुँच पाउने किसिमका पार्क र संरचना निर्माण गरियो । यसरी डेनमार्कमा यो चलन अझ फस्टाउँदै गयो ।

आज राजधानी कोपेनहागेनका खेल मैदानहरु बच्चाहरुका लागि मात्र सीमित छैनन् । त्यहाँ हिँड्न, माटोमा लडिबडि गनृदेखि साइकल चलाउनसम्म सबै तरिकाले रमाइलो गर्न पाइन्छ । त्यसैले यसलाई आधुनिक प्लेग्राउन्डको नाम दिइयो ।

यसैगरी फिनल्यान्डको राजधानीमा पनि नयाँ किसिमका आर्ट म्युजियमहरु खुले जसमा सबै उमेरका मानिसले तलमाथि चढ्न, चिप्लेटी खेल्न सक्छन् । सो संरचनाका प्रमुख डिजाइनर हाना हेरिस भन्छिन्, ‘यो भनेको सबैको समान अधिकार भएको कुरा हो । यो आधुनिक शहरी जीवनको साधारण सेवा हो ।’

यदि खेल्ने मैदानलाई उत्साहजनक र रोचक बनाउन सकिन्छ भने यसका अन्य भूमिका पनि हुने नर्वेको विश्वास छ । जस्तै हेल्सिन्कीका खेल मैदान र युथ सेन्टरहरुमा खान मिल्ने बिरुवाहरु रोपिएको छ । हेल्सिन्कीमा निर्मित नयाँ एमोस रेक्स आर्ट म्युजियम त्यस्तो खेल्ने ठाउँ हो जहाँ सबै उमेरका मानिसहरु उफ्रिन, खेल्न, माथि चढ्न, चिप्लिन सक्छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७