बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


२ फाल्गुन २०७८, सोमबार
pakrau
फाइल फोटो

लमजुङ । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । बेंसीशहर नगरपालिका-३ गाउँशहरका ६० वर्षीय गणेश बहादुर गोतामे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

काठमाडौंमा लुकिछिपि बस्दै आएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले माघ २८ गते गोतामेलाई तारकेश्वर नगरपालिका-९ बाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले उनलाई पाँच लाख जरिवानासहित २ दिन कैद फैसला सुनाएको थियो । पक्राउ परेका गोतामेलाई आइतबार जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

पछिल्लो समय लमजुङ प्रहरीले अभियान नै सञ्चालन गरी फरार प्रतिवादी पक्राउ गर्दै आएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ५० जनालाई पक्राउ गरिसकेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णवहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७