अमेरिकाले अफगानिस्तानको सबै सम्पत्ति फिर्ता गर्नुपर्छ : हामिद कारजाई


२ फाल्गुन २०७८, सोमबार
hamid karzai jBT1V23dNO

काठमाडौं । अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले अमेरिकाले अफगानिस्तानको सबै सम्पत्ति फिर्ता गर्नुपर्ने बताएका छन् ।
आइतबार राजधानी काबुलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अमेरिकाले आफ्नो निणर्य फिर्ता लिँदै अफगानिस्तानको सबै सम्पत्ति फिर्ता गर्नुपर्ने बताएका हुन् । अफगानिस्तानको न्युज च्यानल टोलो न्युजका अनुसार कारजाईले अमेरिकाले रोक्का गरेको अफगानिस्तानको सम्पत्ति कुनै पनि सरकारको नभई अफगानिस्तानका मानिसहरुको भएको बताए ।

उनले यो सम्पत्ति अफगानिस्तानको केन्द्रीय बैंकलाई फिर्ता दिनुपर्ने बताएका हुन् । गत शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रोक्का गरिएको ७ अर्ब डलरमध्ये ३ अर्ब ५० डलर बराबरको सम्पत्ति मात्र अफगानिस्तानलाई दिनका लागि कार्यकारी आदेश जारी गरेका थिए ।

बाँकी साढे ३ अर्ब भने अमेरिकामै रहने र त्यो रकम ९/११ आक्रमणका पीडितलाई दिइने अमेरिकाले निणर्य गरेको छ । कारजाईले ओसामा बिन लादेनलाई विदेशीले नै अफगानिस्तान ल्याएको बताए । उनले भने, ‘ओसामा पाकिस्तानबाट अफगानिस्तान आएका थिए र फेरि पाकिस्तान फर्किए, यद्यपि अहिले अफगानिस्तानका मानिसहरु उनको अपराधका मूल्य चुकाइरहेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७