एमाले संसदीय दलको बैठक जारी, ल्याउँला ‘काउण्टर’ महाअभियोग ?


२ फाल्गुन २०७८, सोमबार
amale samsadiya dal baithak1644820253

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक अहिले बसिरहेको छ । सोमबार बिहान ११ बजेपछि नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रको ल्होत्से हलमा बैठक बसेको हो । आइतबार प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोगबारे बैठकमा छलफल केन्द्रित हुने बताइएको छ ।

महाअभियोगको विषयमा पार्टीको साझा धारणा बनाउन छलफल हुन लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । यसबाहेक एमसीसीबारे पनि बैठकमा प्रश्न उठ्ने नेताहरूले बताएका छन् ।

बैठकका विषयबारे विस्तृतमा नखुलाइए पनि यस बैठकले गम्भीर निणर्य गर्ने प्रमुख सचेतक भट्टराईले बताएका छन् । ’गम्भीर विषयमा निणर्य लिनुपर्ने भएको छ । गठबन्धनले मुलुकलाई अस्थिरतामा धकेल्न खोज्यो,’ बैठक जारी रहँदा भट्टराईले भने ।

एमाले अध्यक्ष केपी ओली, सुवास नेम्वाङलगायत नेताहरूले महाअभियोगबारे आइतबार नै सरकारको आलोचना गरेका थिए । अध्यक्ष ओलीले सरकारले निर्वाचन नगर्ने बहानाको रुपमा महाअभियोग ल्याएको आरोप लगाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७