मोबाइल बिगारेको निहुँमा चक्कुले हानेर श्रीमतीको हत्या


२ फाल्गुन २०७८, सोमबार
Wife murder case jhapa VgTRs5iCeY

झापा । श्रीमतीको हत्या आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका-१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमरबहादुर तामाङलाई आज (सोमबार) पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती अनिता लिम्बूलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

मोबाइल बिगारेको बिषयमा अमरबहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफै सीमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७