जबरजस्ती करणी आरोपमा युवक पक्राउ


२ फाल्गुन २०७८, सोमबार
pakrau
फाइल फोटो

झापा । झापामा एक २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । शिवसताक्षी नगरपलिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका-९ संगम चोकस्थित जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७