सुकेटार विमानस्थल पुनः सञ्चालनमा


२ फाल्गुन २०७८, सोमबार
suketar scaled

ताप्लेजुङ । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण यो विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन ।

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले जानकारी दिए । निगमका जहाजमार्फत काठमाण्डौबाट १४ यात्रु ताप्लेजुङ आइपुगेका छन्, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौं पुगेको उनले बताए ।

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो । निगमले यो विमानस्थल हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार गरी उडान भर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७