प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक


२ फाल्गुन २०७८, सोमबार
congress samsadiya dal

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।
भोलि (मंगलबार) बिहान ९ बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता महाअभियोग प्रस्ताव, अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले १ फागुनमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ४ फागुनमा प्रतिनिधि सभाको बैठक बोलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७