कोरोनाबाट सेती प्रादेशिक अस्पतालमा एक महिलाको मृत्यु


२ फाल्गुन २०७८, सोमबार
Seti Hospital

धनगढी । कोरोना भाइरस संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको दोधराचाँदनी नगरपालिका-७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो ।

सुगर र दमसम्बन्धी समस्या लिएर अस्पताल भर्ना भएकी उनलाई परीक्षण गर्दा माघ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आईसीयूमा राखेर उपचार भइरहेकोमा आइतबार ८ः४५बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७