तीन नदीमा ७२ गोही छाडियो


२ फाल्गुन २०७८, सोमबार
14 Shares
gohi

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् ।
मंसिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार मंसिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ गोही छाडिएको थियो ।

दुई भाले र १० पोथी नदीमा छाडिएको छ । माघ १९ गते पथरीस्थित कोशी नदीमा तीन भाले र १७ पोथी गरी २० गोही छाडिएको थियो । यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले केही दिनपछि राप्ती नदीमा थप ३० गोही छाड्ने तयारी गरिएको बताए । हालसम्म विभिन्न नदीमा एक हजार ६५७ गोही छाडिएको सहायक संरक्षण अधिकृत पौडेलले जानकारी दिए । यसवर्ष राप्ती र नारायणीका सात वटा गुढबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन् । ती नदीमा गोहीका गुँढमा रहेका अण्डा प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ । यही फागुन १५ गतेदेखि दुबै नदीमा गोहीको गुँढ अनुगमन गरिँदै छ ।

केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । हालसम्म राप्तीमा ८६७, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् ।

jagdamba.cement

हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ४५० गोही छन् । प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ । केन्द्रमा १३ वयस्क घडियाल छन् । प्रमुख संरक्षण अधिकृत आचार्यले सबैको साथ र सहयोग बिना संरक्षण सम्भव नहुनेमा जोड दिए । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७