एमाले बैठकमा रावल र भुसालको सुझाव : चुनावको मुखमा चोलेन्द्र र एमसीसीलाई नबोकौं


२ फाल्गुन २०७८, सोमबार
bhim rawal ghanashyam

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा पराजित भएपछि पार्टीको निर्णायक भूमिकाबाट पर रहेका भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई नबोक्न नेतृत्वलाई सुझाव दिएका छन् ।

संसदीय दलको बैठकमा बोल्ने क्रममा रावल र भुसालले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर मतदातासामु जान नसकिने बताएका हुन् । अरु न्यायाधीशमाथिको महाअभियोगबारे पनि उनीहरुले सोचेर मात्र कदम चाल्नुपर्ने बताएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै भुसालले भने, ‘यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँदैन भनेका छौं । अध्यक्षले पनि सोचेर कदम चाल्छौं भन्नु भएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन ।’

बैठकमा रावलले एमसीसीको विरोधमा एमाले सशक्त रुपमा उभिनुपर्ने धारणा राखेका थिए । एमसीसीलाई पास हुन नदिने गरी एमाले अघि बढ्नुपर्ने धारणा आएको भुसालले बताएका छन् । बैठकमा रावलले एमसीसीका सन्दर्भमा पार्टी नेतृत्वले लिएको नीतिको समेत आलोचना गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७