प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव गलत : ओली


२ फाल्गुन २०७८, सोमबार
kp sharma oli 20220214064347

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग प्रस्ताव गलत भएको बताएका छन् ।

नयाँ बानेश्वरको संसद भवनमा जारी बैठकमा ओलीले जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको आरोप लगाएका हुन् । ओलीले भने, ‘सहमति बेगर महाभियोग प्रस्ताव आयो । यो गलत छ ।’

एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप छ । ओलीले भने, ‘आवेश र उत्तेजनामा निणर्य लिदैंनौं । लोकतन्त्र र संविधानका लागि आवश्यक निणर्य भने अवश्य लिन्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७