भारतले लगायो थप ५४ चिनियाँ एपमाथि प्रतिबन्ध


२ फाल्गुन २०७८, सोमबार
Banned 2sD0vIbnk5

नयाँदिल्ली । भारतले सुरक्षाको कारण देखाउँदै ५४ चिनियाँ एपमागि प्रतिबन्ध लगाएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतले मुलुकको राष्ट्रिय सुरक्षाको लागि जोखिमपूणर् रहेको भन्दै उक्त एपमाथि प्रतिबन्ध लगाउने निणर्य गरेको हो ।

यसअघि पनि भारतले चीनमा बनेको २२४ एपमाथि प्रतिबन्ध लगाउने निणर्य गरेको थियो । सन् २०२० को जुन महिनामा लद्दाखस्थित सीमामा दुई मुलुकका सैनिकबीच भएको झडपको केही दिनपछि भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने निणर्य गरेको थियो ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले अहिले प्रतिबन्ध लगाइएका एपले प्रयोगकर्ताको डेटाहरु स्थानान्तरित गरिरहेको आरोप लगाएको छ । अहिले प्रतिबन्ध लगाइएको एपहरुमा टेनसेन्ट, अलिबाबा र गेमिङ फर्म, नेटइजजस्ता ठूला कम्पनीका एप सामेल छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७