चोलेन्द्रलाई जोगाउनु पर्छ भन्ने मनसाय एमालेको विल्कुल छैन : ओली


२ फाल्गुन २०७८, सोमबार
kp sharma oli 20220214064347

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राणालाई बचाउने मनसाय एमालेको विल्कुल नभएको बताएका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिमा आफूहरुले विरोध जनाएको बताएका हुन् । ओलीले प्रधानन्यायाधीश जबराप्रति एमाले सकारात्मक भएको वा एमालेको पक्षमा काम गरेका छन् भनेर उनलाई बोकेर हिंड्नु पर्छ, जोगाउनु पर्छ भन्ने मनसाय एमालेको नभएको बताएका थिए ।

सांसदहरुको जिज्ञासापछि जवाफ दिँदै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोगमा गम्भिर षड्यन्त्र लुकेको भन्दै आवश्यक परे सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७